Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

ईलाका प्रशासन कार्यालय, संक्रान्तिबजार, तेह्रथुम

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

ईलाका प्रशासन कार्यालय, संक्रान्तिबजार, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय 2076-07-25

तेह्रथुमको कर्णाली मानिने यस आठराई क्षेत्रका नागरिकहरुले सरकारी सेवाहरु लिनको लागि दुई दिनको पैदलबाट जिल्ला सदरमुकाम तेह्रथुम जानुपर्ने बाध्यता थियो । वि.सं. २०७३ साल जेठ ३ गते यस कार्यालयको स्थापना भएपछि त्यसको केही महिना पछि नै मालपोत र नापी कार्यालय पनि स्थापना भइ सरकारी सेवा र सुविधा दिन थालेको हो । आठराई गाउँपालिकाको सदरमुकाम संक्रान्तिवजारमा यस कार्यालय रहेको छ । जिल्ला प्रशासन कार्यालय, तेह्रथुमका तत्कालिन प्रमुख जिल्ला अधिकारी श्री मुरारी वस्तीले २०७३ साल जेष्ठ ३ गते यस कार्यालयको उद्घाटन गर्नु भएको हो । यस कार्यालयले आठराई गाउँपालिकाका हालका ७ वटा वडा तथा साविकका ७ वटा गा.वि.स.हरु (संक्रान्तिबजार, खाम्लालुङ, ह्रवाकु, ईवा, छातेढुंगा, चुहानडाँडा र थोक्लुङ) तथा फेदाप गाउँपालिकाको हालको २ वटा वडा कार्यालयहरु ४ र ५ तथा सविकका सम्दु र ईसिवु गा.वि.स.हरुलाई समेटी सेवा प्रदान गर्दै आएको छ । संक्रान्तिबजारमा रहेको यस कार्यालय दुरीका हिसावले आठराई गा.पा.को सवै वडाहरुलाई उतिकै बराबरीको दुरीमा रहेको छ । कार्यालयको आफ्नै छुट्टै भवन नभएकोले जगदम्बा दातब्य ‍औषधालयको पुरानो भवनमा हालसम्म नि:शुल्क रुपमा र थप नपुग कोठाहरु घर भाडामा लिई कार्यालयले सेवा दिदै सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकामबाट करिव ६८ कि.मी.को दुरीमा रहेको यस ईलाका क्षेत्रका मानिसहरुलाई आफ्नो जिल्लाको सदरमुकाम जानभन्दा छिमेकी जिल्ला पाँचथरको सदरमुकाम फिदिम जान नजिक (करीव ३५ कि.मी.) पर्छ। यस कार्यालयले यस क्षेत्रका सर्वसाधरण नागरीकहरुलाई नयाँ नागरिकता, प्रतिलिपी नागरिकता, नाबालक परिचय पत्र, आदिवासी/दलित/मधेशी तथा जनजाति सिफारिस, नाता प्रमाणित, एकै व्यक्ति प्रमाणित, जिल्लाबाट प्राप्त राहदानी वितरण, द्रूत सेवाको राहदानी सिफारिस जस्ता सेवाहरु दिदै आएको छ । २०७३ सालमा यस संक्रान्तिबजारमा कार्यालयको स्थापना भइ सेवा दिन थाले पश्चात् यस क्षेत्रका बासिन्दाहरु सर्वसुलभ र सहज तरिकाले सरकारी सेवा लिन पाँउदा अत्यन्तै खुशी छन । यस क्षेत्रमा हालसम्म पनि ल्याण्डलाईन टेलिफोनको सुविधा छैन । त्यसैले कार्यालयमा Fax सेवाको पनि सुविधा छैन। तुरुन्तै जवाफ दिनुपर्ने सरकारी चिठीपत्रहरुको कारोबार e-mail बाट मात्र हुने गरेको छ । यस कार्यालयमा ८ जना कर्मचारीहरुको दरबन्दी रहेको छ । जसमा १ जना कार्यालय प्रमुख शाखा अधिकृत, ३ जना ना.सु., १ जना कम्प्युटर अपरेटर, १ जना सहलेखापाल र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ।

झापाको बिर्तामोडबाट संक्रान्तिबजार जानलाई डाइरेक्ट ट्याक्सी भेटिन्छ भने धरानबाट धनकुटा, तेह्रथुम हुँदै पनि संक्रान्तिबजार पुग्न सकिन्छ । बिर्तामोडबाट जाने यात्रुहरु सोही दिन ७ घण्टाको यात्राबाट संक्रान्तिबजार पुग्छन भने धरानबाट जानेहरु तेह्रथुमको सदरमुकाम म्याङ्गलुंगमा वास बसेर मात्र भोलिपल्ट ट्याक्सीबाट ६ घण्टाको यात्रा गरेर मात्र यस ठाउँमा आइपुग्छन् । त्यसैले प्राय: सबै यात्रुहरु बिर्तामोडबाट ईलाम, पाँचथरको बाटो हुँदै संक्रान्तिबजार आउने गर्छन् ।


Per Page :
Loading परिचय ...
मिति परिचय विवरण फाईलहरु एक्सन
2076-08-01 कार्यालयको परिचय

2076-08-01
Loading परिचय ...

पछिल्लो अपडेट गरिएको : 2083-01-08 16:35:56

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, संक्रान्तिबजार, तेह्रथुम .